दमकमा विश्वकै अग्लो मुर्ति निर्माण कार्य अघि बढ्यो

पुस २, काठमाडौं । दमकमा विश्वकै अग्लो बुद्धको मुर्ति स्थापना गर्ने तयारी अघि बढेको छ । यसका लागि कागजी काम भइरहेको दमक नगरपालिकाले जनाएको छ ।

दमक–३ मा पाँच सय ४२ फिट अग्लो मुर्ति राख्नका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको नगरपालिकाले जनाएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद बैठकले दमकमा औद्योगिक पार्क र बुद्धको मुर्ति राख्ने निर्णय गरेको थियो ।

कार्यकारी अधिकृत युवराज दाहालले मुर्ति बनाउनका लागि अहिले जग्गा अधिग्रहणमा केही समस्या देखिएको बताए ।  उनले प्रदेश र संघीय संसद बनेपछि बन मन्त्रालयको जग्गा अधिग्रह्ण गरेर निर्माणको काम अघि बढाइने बताए ।  १५ अर्ब ७५ करोडको लागतमा दुई सय ५६ विगाहमा बन्ने भनिएको बुद्धको पूर्ण कदको मुर्तिका लागि २५ विगाहबाहेक अन्य जग्गा अधिग्रहण गर्न बाँकी छ ।  मुर्ति स्थापनाका लागि चीन, ताइवान र कोरियाले चासो देखाएको उनको भनाइ छ । –अन्नपूर्णपोष्ट दैनिकबाट


प्रकाशित | २०७४ पुष २ प्रकाशित ०२:१३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ