ड्रोन विमान खस्यो

२२ मंसिर २०७४, शुक्रबार ०७:०६

मंसिर २२, काठमाडौं ।
चीनको आकाशमा अचानक प्रवेश गरेको भारतको एउटा सानो मानवरहित ड्रोन विमान दुर्घटनाग्रस्त भएर आफ्नो भू-भागमा खसेको चिनियाँँ सरकारी निकाय सिन्हवाले बिहिबार जनाएको छ ।
पश्चिमी थिएटर कम्ब्याट ब्युरोका उप निर्देशक झाङ् सूइलीले केही दिन अघि भएको सो घटना कहाँ भएको भनी खुलाएका छैनन् । उनलाई उद्धृत गर्दै सिन्वाहले भारतले चिनियाँ भू-भागको सार्वभैम उल्लंघन गरेको सिन्वाहले जनाएको छ ।
एउटा हिमाली पठार क्षेत्रको विवादलाई लिएर केहि महिनाअघि भारत र चिनबीच तनाव चर्केको थियो ।