डुंगा दुर्घटनामा १३ जनाको मृत्यु

१८ मंसिर २०७४, सोमबार ०८:२३

मंसिर १८, काठमाडौं ।
दक्षिण कोरीयाको पश्चिम तटिय समुद्रमा आइतबार बिहान तीन सय ३६ टन भएको टयाङ्क्र र माछा मार्ने डंगा आपसमा ठोक्किएर भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।


उक्त चार्टड गरेर माछा मार्न निकलेको डंगामा २० जना यात्रुसहित दुई जना चालक रहेका थिए । दुर्घटनामा हराइरहेका २ जनाको खोजी कार्य भइरहेको छ ।

मौसम खराबीकै कारण माछा मार्ने डंगा र इन्धन बाकेको डुंगा ठोकिएकोे थिए । “दुुर्घटनाको कारणबारे हामी थप खोजी, अनुसन्धान गरिरहेका छौँ ।” तट रक्षक सेनाका एक अधिकृतले बताए ।