झापाको धुलाबारीस्थित इलेक्ट्रोनिक्स गोदाममा आगलागी हुँदा ७ लाख बराबरको क्षति

पुर्शोत्तम राई

मंसिर २१, झापा । झापाको मेचीनगर नगरपालिका–१०, धुलाबारीस्थित गोपाल गोविन्द इलेक्ट्रोनिक्स पसलको गोदाममा विहीबार दिउँसो आगालगी हुँदा ७ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

साढे एक बजेतिर गोदाममा विद्युत सट भइ आगलागी भएको स्थानीय खेम भट्टराईले जानकारी दिए ।

ग्लोबल आइएमइ बैँक धुलाबारी शाखाका प्रबन्धक शुशीलकुमार बुढाथोकीका अनुसार आगलागी दुई वटा दमकल, स्थानीयबासी र प्रहरीको सक्रीयतामा एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

 

 

पसलको बीमासमेत नभएकाले पूरै क्षति भएको सञ्चालकद्वय गोपाल गोविन्दलाई उदृत गर्दै प्रबन्धक बुढाथोकीले जानकारी दिए ।


प्रकाशित | २०७४ मंसिर २१ प्रकाशित ०९:४५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ