गगन थापालाई लक्षित गरेर बम विस्फोट,९ जना घाईते

१८ मंसिर २०७४, सोमबार ०९:१२

मंसिर  १८, काठमाण्डौं ।
घरदैलो अभियानमा रहेका नेपाली कांगे्रसका वरिष्ठ नेता एवंम् काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई लक्षित गरेर बम विस्फोट भएको छ ।

आज बिष्फोटका कारण उम्मेदवार थापालाई तीनवटा छर्रा लागेको र थापासहित ९ घाइतेलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जानकारी दिएको छ ।बिहान चुनाव प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । अहिल्य महाराजगञ्जको अस्पताल पसिरमा शुभचिन्तकहरुको भीड लागेको छ ।