खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२३ मंसिर २०७४, शनिबार ०३:४३

मंसिर २३, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमको शुक्रबार बसेको बोर्ड बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एल्पी ग्याँसमा मूल्य बढाउने निर्णय गरेको हो । निगमका प्रबक्ता वीरेन्द्र गोइतका अनुसार प्रतिलिटर पेट्रोलमा २ रुपियाँ, डिजेल र मट्टितेलमा ३÷३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ तथा खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि भएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ, डिजिल र मट्टितेल प्रतिलिटर ७७ रुपैयाँ, हवाई इन्धनको आन्तरिक मूल्य ८७ रुपैयाँ समायोजना गरिउको छ । यसभन्दा अघि पेट्रोलको मूल्य ९८, डिजेल र मट्टितेलको मूल्य ७४ रुपैयाँ रहेको थियो । निगमले क्षेत्रअनुसार मूल्य वृद्धि गरेको छ ।