खाडी मुलुक र मलेसियासँग श्रम सम्झौता गर्न माग

४ पुष २०७४, मंगलवार ०३:१६

पुस ४, काठमाडौं । बैदेहिक रोजगार व्यवसायीहरुले सन् २०१८ भित्र खाडी राष्ट्रहरु, मलेसिया लगायतका गन्तव्य मुलुकहरुसँग नेपाली कामदारको हितमा श्रम सम्झौता र पहिले भएका सम्झौता परिमार्जन गर्न सरकारसँग माग गरेका छन् ।उनीहरुले अहिलेसम्म श्रम सम्झौत ागर्न अस्वीकार गरिरहेका मुलुकमा नेपाली कामदार रोक लगाउन र सन् २०२५ बाट बैदेशिक रोजगारीमा अदक्ष कामदार नपठाउने गरी नीति निर्माण एवं योजना तर्जुमा गर्ने लगाएतका माग राखेका छन् ।

 

नेपाल बैदेशिक रोजगार व्यवसायी संघद्वारा विश्व आप्रवसन दिनवसको अवसरमा सोमबार राजधानीमा आयोजित ‘सुरक्षित, व्यवस्थित र मर्यादित बैदेशिक रोजगार ः हाम्रो सरोकार’ विषयक कार्यक्रममा सहभागी बैदेशिक रोजगार व्यवसायीहरुले सरकारसँग यस्तो माग गरेका हुन् ।  नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बैदेशिक रोजगारीको क्षेत्रलाइृ थप व्यवस्थित र मर्यादित बनाउन संघका तर्फबाट निकै प्रयास भए पनि सरकारको गल्ती र कमजोरीकै कारण लक्ष्यअनुरुप काम नभएको बताए ।  उनले सन् २०१८ भित्र खाडी राष्ट्रहरु मलेसियालगायतका गन्तव्य मुलुकहरुसँग नेपाली कामदारको हितमा श्रम सम्झौता र पहिले भएको सम्झौता परिमार्जन गर्न यसअघि धेरै पटक सरकारसँग माग गरे पनि अपेक्ष गरेअनुरुपको काम नभएको बताए ।

 

उनले मलेसिया जाने नेपाली कामदारलाई थप आर्थिक भार पर्ने गरी स्थापना भएको भीएलएन, ओएससी, आइएससी, मिग्राम, बायोमेट्रिकल लगायतका संस्था तत्काल खारेजी हुनुपर्ने मागप्रति सरकार गम्भीर हुनुपर्ने बताए । मलेसिया जाने कामदारमाथी हाल भइरहेको चर्को आर्थिक भारको अपजस म्यानपावर व्यवसायीले नै भोग्नु परेको जानकारी गराउँदै उनले अहिलेसम्म श्रम सम्mभौत ागर्न अस्वीकार गरिरहेका मुलुकमा नेपाली कामदार रोग लगाउन र सन् २०२५ बाट बैदेशिक रोजगारीमा अदक्ष कामदार नपठाउने गरी नीति निर्माण एवं तर्जुम ागर्ने लगायतका माग सरकारसँग राखेको बताए ।

संघका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तना, महासचिव नरेश गेलाल, प्रगतिशिल बैदेशिक रोजगार व्यवसायी संगठनका अध्यक्ष तथा संका पूर्व उपाध्यक्ष हरिबहादुर पाण्डे लगायतले सुरक्षित बैदेशिक रोजगारीका दागि अहिलेसम्म व्यवसायी गर्दै आएको भूमिकालाई अन्य गैसरकारी संस्था र केही सरकारी कर्मचारीले ओझेलमा पार्ने काम गरेको भन्दै अहिले संघले उठाएको मागप्रति सरकार गम्भीर नभए व्यवसायी आन्दोलित हुने बताए ।
सो कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली र बैदेशिक रोजगार विभागका नवनियुक्ति महानिर्देक राजकुमार श्रेष्ठले सरकारले बैदेशिक रोजगारीको क्षेत्रलाई थप उपलब्धीमूलक र मर्यादित बनाउन गरेका प्रयासमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण हुने भएकाले व्यवसायीलाई थप मर्यादित हुन आग्रह गरे । –राजधानी दैनिक