किन उधारो मैं उँखु बेच्दै छन् बाराका कृषक ?

११ पुष २०७४, मंगलवार ०६:४१

श्याम गुप्ता
पुस ११, बारा ।
बारा जिल्लामा दुई हजार ८ सय १० हेक्टर जमिनमा उँखु उत्पादन हुँने अनुमान गरिएको छ ।

 

उँखु उत्पादनमा प्रति कट्ठा ४ हजार सम्म किसानको खर्च हुँने गरेको छ । तर, उँखु बाली राम्रोसँग फस्टाउँदा ८ देखि १० हजार सम्म आम्दानी हुँने गरेको छ । तर , उद्योगले समयमा रकम नदिँदा चौतर्फी मारमा किसान परेका छन् । ऋण लिएर उँखु खेती गरेका अधिकांश किसानहरुले अहिले उँखु काटेर केरा,मकै,तोरी , मुसुरो बाली लगाउँन थालेका छन् ।

मकै , तोरी , मुसुरो खेतीको सिजन सकिन लागेकाले किसानहरु उँखुको मूल्य निर्धारण नभए पनि धमाधम उधारोमा विक्री गरिरहेका छन् । जसको प्रत्यक्ष फाईदा उँखु मिल र बिचौलियाहरुलाई भईरहेको बर्दघाटका उँखु किसान फाउँ प्रसाद चौंलगाइँले बताए । यस्तै उँखुको रकम भुक्तानी नहुँदा जीविको पार्जन गर्न समस्या भएको बाराका उँखु किसान सुर्य बहादुर थापाले बताए । उनले गरुडाको चिनी उद्योगले ५ बर्ष अघि सम्मको भुक्तानी दिन बाँकी रहेकोे बताए ।

यता बिचौलियाहरुले ठाउँठाउँमा अबैध उँखु काँटा सञ्चालन गरी किसानहरुबाट सस्तोमा उँखु खरीद गरी मिललाई नगदमा विक्री गरिरहेका छन् । बिचौलियाहरुले आफ्नों काँटामा किसानसँग उँखु खरिद गरी मिललाई नगदमा विक्री गरिरहेका छन् ।

सरकारले उँखु किसानको पिडामा मल्हम लगाउँन नसक्दा नेपालको नगदे बालीको रुपमा रहेको उँखु खेती प्रति पछिल्लो समय किसानको आकर्षण घटदै गईरहेको छ । लागत अनुसार दर रेट नपाउँनु एउटा पिडा थिदै थियो त्यस माथि उन्नत विउ उपलब्ध नहुँनु , सस्तो मूल्यमा खाद्य मल किसानले नपाउँनु, उँखुको मूल्य निर्धारण र भूक्तानी नहुँनु जस्ता दर्जनौं समस्याले गर्दा बारामा उँखु खेती गर्ने किसानहरु घट्दै गएको किसानहरुले बताएका छन् ।

उँखुको मूल्य निर्धारण नहुँदा किसान दोहरो मार्कामा परेका छन् । एक त उँखु खेतमा राखे भने सुक्ने , अर्को तिर सरकारको उदासिनताको कारण किसानहरु उधारो मैं उँखु बेच्न बाध्य भएका छन् । भने सरकारको उदासिनताको कारण उँखु किसानहरुलाई थप मार्का परेको देखिन्छ ।