काभ्रे निर्वाचन क्षेत्र १ अन्र्तगतका प्रदेशसभा २ मा एमाले युवासंघ नेता चन्द्र लामा निर्वाचित

२५ मंसिर २०७४, सोमबार ०२:२९

मंसिर २५ , धुलिखेल । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट काभ्रे निर्वाचन क्षेत्र १ अन्र्तगतका प्रदेशसभा २ मा वाम गठबन्धनका साझा उम्मेद्वार चन्द्र लामा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसको उम्मेदवार गणेश लामा पराजित गराएका हुन् ।

एमाले सम्बद्ध युवा संघका उपाध्यक्ष चन्द्र लामा २४ हजार ४४७ मत प्राप्त गरि बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी गणेश लामाले २० हजार २७० मत प्राप्त गरे । त्यसै गरी प्रदेशसभा १ मा भने वामकै उम्मेद्वार रत्न ढकाल २५१०६ मतका साथ विजयी बनेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेद्वार सिवि लामा १७८५५ मात्र ल्याएर पराजित भएका हुन् ।  उनी नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत हुन् ।