काठमाडौं क्षेत्रनम्बर १० बाट कांग्रेस उम्मेदवार राजन केसी विजयी

२३ मंसिर २०७४, शनिबार ०६:३४

मंसिर २३ , काठमाडौं । काठमाडौं क्षेत्रनम्बर १० बाट कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराएका हुन् ।

बहालवाला खेलकुद मन्त्री समेत रहेका केसीले २४ हजार १९० र शाक्यले २१ हजार ९०७ मत पाएका छन् ।  केसीले ०७० को दोस्रो संविधानसभा चुनावमा पनि माओवादी अध्यक्ष प्रचण्डलाई सोही क्षेत्रमा पराजित गरेका थिए ।

काठमाडौंमा चुनाव जित्ने केसी तेस्रो उम्मेदवार हुन् । यसअघि कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं क्षेत्रनम्बर १ मा र गगन थापाले काठमाडौं क्षेत्रनम्बर ४ मा विजयी भएका छन् ।