काँग्रेसले पराजय स्विकार गरे हुँन्छ -नेता नेपाल

१५ मंसिर २०७४, शुक्रबार १२:०६

श्याम गुप्ता
मंसिर १५ बारा ।

बाम गठबन्धनको शक्ति देखेर नेपाली काँग्रेसले पहिलै नैं पराजय स्विकार गरिसकेको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले बताएका छन् ।

बाराको सिमरामा शुक्रवार बाम गठबन्धनको चुनावी भेलामा सहभागी भएका नेपालले बाम गठबन्धनले चुनावी लहर श्रृजना गरेको भन्दै परिणाम उत्साहजनक आउँने दाबी गरेका हुँन् ।  उनले प्रधानमन्त्री देउवाले हिजो विहिवार बिरगंजमा दिएको अभिव्यक्तिलाई संकेत गर्दै काँग्रेस चुनाव अघि नैं आत्ति सकेको बताएका छन् ।  देउवाले बिरगंज पुगेर निर्वाचनमा बाम गठबन्धनले चुनावमा बहुमत ल्याए अब कहिले पनि कम्युनिष्टले चुनाव हुँने नदिने भन्दै बोलेको अभिव्यक्ति प्रति खण्डन गर्दै उनले प्रधानमन्त्रीले पराजय भोग्ने निश्चित भए पछि अनावश्यक कुरा गर्दै हिँडिरहेको टिप्पणी गरे ।

प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनमा पनि बाम गठबन्धनले ३७ क्षेत्र मध्ये ३० सिट जित्ने दाबी गर्दै काँग्रेस र अन्यलाई बाँकी रहल पहल भागमा पर्ने उनले व्यंङ्ग गरे । गृह जिल्ला रौतहटमा विभिन्न चुनावी सभामा सहभागी भएर उनी फर्किने क्रममा सिमरामा आयोजित बाम गठबन्धनको चुनावी भेलामा सहभागी भएका थिए ।