एमाले अध्यक्ष ओलीको नेतृत्वमा माघ ७ गतेभित्रै नयाँ सरकार बन्ने बस्नेतको दावी

४ पुष २०७४, मंगलवार १२:२५

पुष ४, काठमाण्डौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा माघ ७ गतेभित्रै नयाँ सरकार बन्ने दाबी एमाले नेता महेश बस्नेतले गरेका छन्।

मंगलबार रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा बोल्दै नेता बस्नेतले अब पनि प्रधानमन्त्रीको को बन्छ भनेर बहस गर्नु गलत हुने धारणा राखे । उनले स्वभाविक रुपमा जनमत वाम गठबन्धनको पक्षमा आएकोले एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री बन्ने जीकिर गरे ।

उनले वाम गठबन्धनबाट प्रधानमन्त्रीको बन्छ ? भनेर प्रश्न गर्नु नै अनुचित नभएको बताए । ओली नै प्रधानमन्त्री हो, जनमतले त्यही भन्छ, उहाँको नेतृत्वमा माघ ७ गते भित्रै नयाँ सरकार बन्छ।’ नेता बस्नेतको भनाई छ ।

एमाले–माओवादी केन्द्रबीचको एकताको विषयमा अहिले नै ठोस रुपमा छलफल भईनसकेकोले सैद्धान्तिक रुपमा अध्यक्ष को हुने भनेर अहिले नै केहि भन्न नसिकने स्पष्ट पारे ।

बस्नेतले अहिले एकताबारे सैद्धान्तिक रुपमा छलफल भएको छैन, यस्तो अवस्थामा नेतृत्व कसले गर्ने भन्नेबारे प्रतृक्रिया दिनुको कुनै तुक नरहेको स्पष्ट पारे ।

उनले नेपाली कांग्रेसले नयाँ जनमतलाई सम्मान गर्नु पर्ने बताउँदै निर्वाचन सम्पन्न भएको छ, मुलुकले नयाँजनादेश प्राप्त गरेको छ, अहिले सरकारको नेतृत्व गरेको कांग्रेसले विभिन्न बहानामा जनमत स्विकार गर्न नचाहेको हो कि भन्ने देखिँदैछ, राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशको विवाद र प्रदेश केन्द्र तोक्ने निर्णय भनेको नै जनमतप्रतिको वेवास्ता हो।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिनुपर्नेसमेत माग गरे। उनले भने,‘अब पनि उहाँ सरकारमा बसिरहने होइन, तत्काल राजीनामा दिनुपर्छ, जे निर्णय गर्ने हो ताजा मत प्राप्त गरेकाहरुले गर्ने हो, जनताको चाहना भनेको राजनीतिक स्थिरता र विकास हो, अहिले त्यो दिशातर्फ उन्मुख रहेको वाम गठबन्धनलाई कसरी चलखेल गर्न सकिन्छ भनेर खेल खेल्न खोजेको आभास भैरहेको छ, राजनीतिक तोडमोडको खेल खेल्नुहुँदैन ।’ उनले भनेका छन् ।