एमालेले प्रक्रिया र पद्दतीलाई स्वीकार गरेन् -नेता पौडेल

४ पुष २०७४, मंगलवार ११:२५

पुष ४ ,तनँहु ।

एमालेले प्रक्रिया र पद्दतीलाई स्वीकार नगरि राष्ट्रपतिलाई अनावश्यक दबाब दिएर मुलुक चलाउन खोजेको आरोप कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लगाएका छन् ।

गृह जिल्ला तनँहुमा आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिदैं नेता पौडेलले एमालेले मुलुकमा पद्दतीको विकास गर्ने भन्दा पनि सँधै पद्दतीलाई भत्काउन खाजेको टिप्पणी गरेका छन् ।
। ‘लोकतन्त्रमा पद्दती र प्रक्रियाबाट मुलुक चलाउनुपर्छ भन्दै नेता पौडेलले पद्दती र प्रक्रियावाट मुलुक संचालन भएन भने लोकतन्त्रीक प्रणाली नै धराशायी हुने जीकिर गरेका छन् ।

नेता पौडेलले राष्ट्रिसभा भनेको प्रतिनीधिसभा भन्दा पनि जिम्मेवार संस्था भएको उल्लेख गर्दै राष्ट्रियसभालाई नियन्त्रण र संतुलनको केन्द्र बनाउनुपर्नेमा जोड दिए । राष्ट्रियसभालाई नियन्त्रण र सन्तुलनको केन्द्र बनाउनका लागि एकलसंक्रमणीय मतका आधारमा राष्ट्रियसभाको निर्वाचन भएमात्र संभव हुने पौडेलको धारणा थियो । उनले भने, ‘राष्ट्रियसभा भनेको प्रतिनीधिसभाबाट भएको त्रुटीहरुलाई पनि सच्याउन सक्ने र प्रतिनीधिसभाको असंतुलनलाई संतुलन कायम गर्न सक्ने संस्था बनाउनुपर्छ । बहुमतीय आधारमा निर्वाचन गरेर त्यो संतुलन र नियन्त्रण गर्ने संस्था बन्न सक्दैन् ।’

नेता पौडेलले दरवारिया र कम्युनिष्ट शक्ती नेपालका लोकतन्त्रका लागि सधै अफबसिद्ध भएको भन्दै संसदीय लोकतन्त्र नभएको धेरै मुलुकमा अधिनायकवादको जन्म भएको तर्क गरे ।उनले दरवारियार कम्युनिष्टहरुबाट सधै लोकतन्त्रप्रति घात भएकाले आम नेपालीले सचेत हुनुपर्ने बताए । पौडेलले नेपाली कांग्रेसको एउटा मात्रै लक्ष्य नेपाली जनताको आर्थिक उन्नती भएकाले कांग्रेसले गाँउ गाँउसम्म बाटो विजुली, शिक्षा, स्वास्थ्य संचारको विकासलाई महत्व दिएको बताए ।

उनले भानु राजमार्गको कालोपत्रको काम आफुले सुरु गरेको र पुरा गर्ने जिम्मा पनि आफैले लिने प्रतिवद्धता जनाए । पौडेलले कुनै बेला कृष्णप्रसाद भट्टराई हराउन उकास्नेहरुले अहिले तनहुँमा कांग्रेसलाई हराएको भन्दै पार्टीका कार्यकर्ताहरुले पार्टीले गरेका राम्रा कामको सकारात्मक विश्लेषण गर्न नसकेको बताए ।