उपत्यकामा वायु प्रदुषणका कारण यस वर्षकै बढी चिसो

१७ मंसिर २०७४, आईतवार ०१:५६

मंसिर १७, काठमाडौं । काठमाडौं उपत्यकामा शनिवार यसु वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । शुक्रबार ६ दशमलव ८ डिग्री कायम भएको उपत्यकाको न्यूनतम तपक्रम शनिवार ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।

जल तथा मौसम पूर्वाअनुमान महाशाखाका अनुसार गत वर्ष डिसेम्बर २ तारिखका दिन उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री मापन भएको थियो । भारतको उत्तर–पश्चिमी क्षेत्र काश्मीर र आसपासबाट मुलुकको तापक्रममा उतार–चढाव आउने गर्छ । पश्चिमी वायु हिमालय रेन्जमा ठोकिएर अन्यत्र फैलिँदा उपत्यकासहित धेरै ठाउँमा अहिले चिसो बढेको मौसमविद्ले बताएका छन् ।  ‘पश्चिमी वायु हिमाली र उच्च पहाडी क्षेत्रलाई छोएर बहँदा अहिले धेरै ठाउँमा चिसो बढेको छ ’ –जल तथा मौसम पूर्वाअनुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने । श्रीलंकामा गत विहीबार विकास भएको ‘ओक्ची’ नामको आँधीको प्रभाव र त्यसको असर भने अहिले नेपालमा नपरेको उनले प्रस्ट्याए । सो आँधीका कारण श्रीलंका र भारतको तमिलनाडु तथा केरलामा करिब २ दर्जन ज्यान गुमाएका अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । १ सय ३० किलोमिटर प्रतिघण्टाको शक्तिशाली आँधीका कारण भारत र श्रीलंकाका धेरै ठाउँको जनजीवन प्रत्यक्ष प्रभावित हुनुका साथै ठूलो भौतिक क्षतिसमेत भएको छ । अहिले श्रीलंकाको प्रत्यक्ष प्रभाव नरहे पनि मध्य हिँउदोको अवधि अझै बाँकी रहेकाले उच्च पहाडी क्षेत्रमा हुने हिमपातका कारण तापक्रम झनै घट्ने मौसमविदहरुले बताएका छन् ।

 

उपत्यकामा बढ्दो प्रदूषणका कारण मौसम प्रस्ट रुपमा खुल्न सकेका छैन् । बिहान–बेलुका तुँवालोको मात्र बढ्न थालेको छ । यही कारणले हवाई भिजिबिलिटी घट्न थालेको र बिहानीपखको ेहवाई उडान प्रभावित बन्न थालेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । ‘दिउँसो हवाई भिजिबिलिटी सन्तोषजनक रहेपनि केही दिनयता बिहानको र भिजिबिलिटी १५ सयदेखि २ हजार मिटरका हाराहारीमा छ, जुन हवाई उडानका लागि प्रर्याप्त हुदैँन, यही कारणले बिहानी समयको केही आन्तरिक उडान प्रभावित हुन थालेका छन्’–उनले भने ।  हिउँदयामको डिसेम्बर महिनामा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्उ र १ डिग्रीका हाराहारीमा झर्ने गरेको महाशाखाको तथ्यांक छ । महाशाखाका अनुसार शनिबार अपराह्नसम्मा जोमसोमको न्यूनतम तापक्रम माइनस १ दशमलव शून्य, जुम्लाको माइनस शून्य दशमलव ४, जिरीको शून्य दशमलव ६ कायम भएको छ । त्यसै गरी डडेलधुराको न्यनतम तापक्रम ५ दशमलव ९, विरेन्द्रनगरको ६ दशमलव ५, दीपायल ७ दशमलव ६ डिग्री कायम भएको छ । –नेपाल समाचार पत्रिका