उत्तर कोरियाली आणविक एजेन्ट अस्ट्रेलियामा पक्राउ

३ पुष २०७४, सोमबार १०:४६

पुस ३, काठमाडौं ।
उत्तर कोरियाका एक नागरिक आणविक हतियार पार्टपुर्जा बेच्ने क्रममा अष्ट्रलियाको सिड्नीमा पक्राउ परेका छन् । उत्तर कोरियाका चान हाइ चाईलाई आइतबार सिड्नी प्रहरीले पक्राउ गरेको हो । उत्तर कोरियामा आणविक हतियारको विस्तारमा सहयोग जुटाउने उद्देश्यले प्रतिबन्धित आणविक अस्त्र तथा पाटपुर्जा कारोबारमा उनी संलग्न रहेको सिड्नी प्रहरीले जनाएको छ ।
पहिलोपटक आणविक कारोबारी पक्राउ


अस्ट्रलियाले पहिलोपटक विदेशी आणविक कारोबारी पक्राउ परेको जनाएको छ । अनुसन्धानमा संलग्न अष्ट्रेलियाका एक प्रहरी अधिकृतले भने,“अष्ट्रलियामा पहिलोपटक विदेशी आणविक कारोबारी पक्राउ परेका छन् ।
उनी उत्तर कोरीयाका उच्चस्तरीय आणविक एजेन्ट रहेछन् कोरियामा उत्पन्न आर्थिक मन्दी समाधान गर्न आणविक पार्टपुर्जा बेचेर देशलाई सहयोग गरेका रहेछन् । अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोन टर्नबुल्ले उत्तर कोरीयाली नागरिकको पक्राउलाई महत्वपूर्ण भएको बताएका छन् ।
“आणविक पुर्जासहित उत्तर कारीयाली नागरिकको पक्राउलाई हामीले निकै महत्वपूर्ण कामका रुपमा लिएका छौ,” प्रधानमन्त्रीले भने । उत्तर कोरियाले विश्व शान्तिमा नै धावा बोल्ने काम गरिरहेको र पक्राउ गरिएका चान हान चोइमाथि अष्ट्रेलियाको कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । उनीमाथि कस्ताृ कारबाही गर्ने भन्ने थप कानुनी परामर्श गरिने प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।