उत्तर कोरियामा वरिष्ठ जनरललाई मृत्युदण्ड दिइएको आशंका

२९ मंसिर २०७४, शुक्रबार १०:२६

 मंसिर २९, (एजेन्सी)
उत्तर कोरियाको सर्वाेच्च नेता किम जोङ उनका एकजना प्रमुख सहयोगी सार्वजनिक जीवनबाट बेपता भएका छन् । फलतः उनलाई मृत्युदण दिइएको हुनुपर्ने अनुमान गरिएको छ । कुनै समय जनरल ह्वाङ प्योेङ सो वर्कर्स पार्टीको केन्द्रिय समितिमा किमको समूहमा पर्ने गर्दथे ।


भाइस मार्सल भएको नाताले पनि सेनामा समेत सुप्रिम कमान्डर किमपछि उनी सेनाको सबैभन्दा वरिष्ठ पदमा रहेका थिए । किमका मनपर्ने चार व्यक्तिमध्ये एक रहिरहन असफल हुुनु अघिसम्म गत सेप्टेम्बरमा छैठांै आणविक परिक्षण गरिँदा ह्वाङ किमसँग उभिने चार व्यक्तिमध्ये रहेका थिए ।
तर त्यसबेलादेखि उनलाई घूस खाएको आरोपमा पार्टीबाट निष्कासन गरिएकोे तथा उनी र उनका सहायक किम वोन होङलाई कारागार शिविरमा चलान गरिएको विश्वास गरिएको छ । १३ अक्टोबरदेखि ह्वाङलाई कुनै पनि सार्वजनिक स्थानमा भेटिएको छैन ।

दक्षिण कोरियालि जुंगआंग वोले जनाएको छ–“यदि ह्वाङलाई पार्टीबाटै निष्कासन गरिएको हो भने उनको राजनीतिक जीवन र सम्भवतः जीवनकै अन्त्य भएको मानिनुपर्दछ । तर उनि जीवितै छन कि छैनन् यकिन हुन सकेको छैन ।”