उत्तर कोरियाका परमाणु बम परीक्षणले भूगर्भमा हलचल

२७ मंसिर २०७४, बुधबार ०३:१५

मंसिर २७, सोल । उत्तर कोरियाले गत सेप्टेम्बरमा गरेको हाइड्रोजनको परीक्षणले त्यस क्षेत्रको भूगर्भमा अहिलेसम्म हलचल आइरहेको जनाइएको छ ।

उक्त परीक्षणका क्रममा कूटनीतिक जगत मात्र हल्लिएको नभएर ६ ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पले जमिन पनि हल्लिएको थियो । त्यति बेला देखि नै उत्तर कोरियाको जमिनमा भूकम्पको धक्का महसुस भइरहेको छ । भूगर्भको गतिविधिमा निगरानी राख्ने संस्था अमेरिकी जियोजिकल सर्बेले उत्तर कोरियाको जमिनभित्र थप दुइृ कम्पन भएको बताएका छन् । सेप्टेम्बर ३ मा उत्तर कोरियाले पुंगीरीमा परमाणु बमको परीक्षण गरेका थिए । उक्त बम अहिलेसम्म उसले गरेका परमाणु परीक्षणमा सबैभन्दा शक्तिसाली भएको बताएको छ । उत्तर कोरियाले यो हाइड्रोजन बमको परीक्षण भएको बताएको थियो । यो त्यस्तो बम हो जुन परमाणु सबभन्दा सयौं गुणा शक्तिशाली थियो ।

विशेषज्ञाहरुले विष्फोट अत्यन्त शक्तिशाली भएकाले यसको वरपरको पर्वतीय इलाका अस्थिर हुन सक्नेमा चिन्ता व्यक्त गरेका थिए । अमेरिकी भूगर्भ सर्वेक्षणले विगतका हप्ता दर्ता भएको भूकम्पको झट्काले त्यहाँको जमिनले आफैलाई स्थिर गर्ने प्रयास गरिरहेको जस्तो देखिएको जनाएको छ । यूएसजीएसले हालमात्रै ४ र २ दशमलव ४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिउको जानकारी दिए ।  पृथ्वीको क्रस्टमाअ हुने गतिविधिका कारण भूकम्प आउने गर्छ । परमाणु परीक्षणपछि यो झट्का हप्ता दिन नभएर महिनौदिनसम्म आइरहने वैज्ञानिकहरु बताउँछन् ।

तर, उत्तर कोरियाको सेप्टेम्बरको परीक्षणसँग सम्बन्धित भूगर्भीय आँकडा र अमेरिकाको नेवाडाको आँकडाको तुलना गर्दा फरक नतिजा आइरहेको छ । एक दशकअगडी अमेरिकाले नेभाडामा परमाणु परीक्षण गरकेो थियो । त्यहाँ भूकम्पपछिको धक्का र त्यसको तीव्रता दुवै कम देखियो । यसको कारण उत्तर कोरिया र नेभाडाको भौगोलिक स्वरुप फरक फरक हुन सक्ने पनि अनुमान गरिएको छ ।  उत्तर कोरियाले परमाणु परीक्षण गरेको स्थान नजिक माउन्ट पायक्टुमा एक सक्रिय ज्वालामुखी पनि रहेको छ । उत्तर कोरियामा माउन्ट पायक्टुलाई पवित्र पहाड मानिन्छ । म्याककिनोनले भने– ‘भूगर्भिय तरंग ज्वालामुखीसँग ठोक्किरहेको छ । तर यसबाट भूगर्भीय ऊर्जा ज्वालामुखी फुट्ने कारण बन्न सक्छ जस्तो लाग्दैछ ।’