आर्थिक समृद्धिका लागि व्यापार घाटा घटाउनु आवश्यक– उपराष्ट्रपति पुन

७ पुष २०७४, शुक्रबार ०५:५५

तेजेन्द्र के.सी.
पुष ७, बुटवल ।
उपराष्ट्रपति नन्दकिशोर पुनले मुलुकको आर्थिक सम्वृद्विका लागि ब्यापार घांटालाई घटाउनुपर्ने बताएका छन् ।

मुलुकमा ब्यापार घांटा बढेको चिन्ता गर्दै उपराष्ट्रपति पुनले ब्यापार घांटालाई घटाउन उद्योग धन्दाको विस्तार गरेर गुणस्तरी समान उत्पादन गर्नुपर्ने बताए ।’ राजनीतिक संक्रमण अन्त्य भई नयां युगको प्रारम्भ भएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान गराएर सम्वृद्वितर्फ अघि बढ्नुपर्ने बताए ।  बिहीबारदेखि बुटवलमा शुरु भएको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव २०७४ को उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले बुटवलमा हुने गतिविधिले राष्ट्रमा ठूलो महत्व राख्ने बताए । आर्थिक सम्वृद्विमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । आन्तरिक उत्पादनलाई वृद्वि गरी बढ्दो ब्यापार घांटालाई घटाएर देशलाई आत्मनिर्भर बनाई रोजगारीको सिर्जना गर्नुपर्ने बताए । आफ्नै देशमा आवश्यक वस्तुको उत्पादन गरिएमा देशको अर्थतन्त्र बलियो हुने र त्यसका लागि स्वदेशी वस्तुको प्रयोग गर्ने बानी बसाल्नु पर्ने बताए । उनले मुलुकको आर्थिक सम्वृद्विका लागि आर्थिक क्रान्ति आवश्यक हुने र त्यसका लागि चाहिने बताए ।


मुलुकलाई सम्वृद्वि बनाउन प्रकृतिले पनि साथ दिएको उल्लेख गर्दै औद्योगिक विकास नै राष्ट्र विकासको मुल आधार भएको बताए । उनले पुरानो अर्थनीतिलाई परिवर्तन गरी निर्यातमुखि नीति बनाउनु पर्नेमा जोड दिए। उनले देशको विकासका लागि सरकारी र नीजि क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए । नीजि क्षेत्रले राष्ट्रको विकासमा महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै जलविद्युत, कृषि, पर्यटनको विकासमा विदेशी लगानी भित्राउनुपर्ने बताए । उपराष्ट्रपति पुनले तीन तहका सरकार सम्वृद्विको आधार भएको बताउंदै नयां गुगको प्रारम्भसंगै सिंहदरवार घरघरमै आएको बताए ।

नयां संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचनहरु सम्पन्न भैसकेका उल्लेख गर्दै उनले निर्वाचनमा सहभागि जनाएका जनतालाई धन्यबाद दिएका छन् । नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सदस्य विष्णुप्रसाद पौडेलले अभाव र गरिबीका विरुद्व केन्द्रित हुने बेला आएको बताए । उनले जनताको चाहाना अनुसार देश आर्थिक सम्वृद्विको बाटोतर्फ अघि बढेको उल्लेख गर्दै ईतिहांसको गीत गाएर दिन बिताउने चरणको पार भएको बताए । नेपालमा राजनीतिक अस्थिरताको अन्त्य भैसकेकाले आतमनिर्भर र स्वाधिन भएर देशलाई अघि बढाउनु पर्ने बताए ।

पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पौडेलले यस क्षेत्रमा उद्योग कलकारखाना स्थापना गर्नुपर्ने र त्यसका लागि वातावरण र जमिन उपलब्ध गराईने बताए । उनले बुटवलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र र प्रदर्शनीस्थल निर्माणका लागि बजेको अभाव हुन नदिने आश्वासन दिएका छन् । मोतिपुरमा औद्यौगिक क्षेत्र विस्तारका लागि डिजाईनको काम हुंदै गरेको उल्लेख गर्दै तिनाउ कालिगण्डकी डाईर्वसनको डिपिआर अन्तिम चरणमा पुगेको जानकारी गराए । पांच नम्बर प्रदेश विभाजनको संकट टरेको बताउंदै नेता पौडेलले पांचनम्बर प्रदेशको राजधानी बुटवल नै हुने बताए ।

प्रदेशको राजधानी तोक्ने आधिकारिक निकाय प्रदेश सभा भएकाले कसैले पनि अन्यथा निर्णय गर्न नसक्ने र गरेमा जनता सडकमा उत्रन सक्ने चेतावनी दिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यरो सदस्य तथा प्रदेश सभा सदस्य दधिराम न्यौपाने, अर्का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, नेपाली कांगे्रसका बुटवल नगर अध्यक्ष खेलराज पाण्डे लगायतले बोल्दै मुलुकको आर्थिक सम्वृद्वि र विकासका लागि आर्थिक एजेण्डाहरुलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रदर्शनी सुरु
महोत्सवले आर्थिक विकासमा टेवा–उद्योगीहरु
रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा बिहीबारदेखि १४ औं राष्ट्रिय औद्यौगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७४ शुरु भएको छ । समृद्ध नेपाल निर्माणको आधार स्वदेशी उद्यमशीलताको विस्तार भन्ने मुल नाराका साथ औदोगिक प्रदर्शनी सञ्चालन भएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर बुटवल मण्डपमा सञ्चालन गरिएको उक्त प्रदर्शनी पुस १८ गतेसम्म चल्ने छ । औद्यैेगिक प्रदर्शनी तथा मेलामहोत्सवहरुले मुलुकको आर्थिक विकासलाई टेबा पुराउने बताएका छन् । राष्ट्रिय अर्थतन्त्रको विकासका लागि औद्योगिक विकास आवश्यक रहेको र त्यसका लागि नयां औद्यौगिक नीति आवश्यक रहेको बताए । मुलुकको आर्थिक सम्वृद्विका लागि औद्यौगिक क्रान्तिको खांचो रहेको उनीहरुको भनाई छ ।


नेपालको अर्थतन्त्रको विकास गर्न सरकारसंग नीजि क्षेत्र सहकार्य गर्न तयार रहेको र नीजि क्षेत्रको सक्रिय सहभागिता बिना आर्थिक विकास सम्भव नहुने बताए । औद्यौगिक तथा आर्थिक विकासका नीजि क्षेत्र लगानी गर्न तयार रहेको र त्यसका लागि लगानी मैत्री वातावरण आवश्यक रहेको बताए । लगानी मैत्री वातावरण नभएकाले उद्योगि व्यवसायी समस्यामा परेको उनीहरुको भनाई छ । सोही कार्यक्रममा बोल्दै नेपाल उलेग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक तथा आर्थिक विकासका लागि राजनीतिक रुपमा लगानी मैत्री वातावरण हुनुपर्ने बताए । उनले अब बन्ने सरकारले औद्योगिक विकास गर्ने निर्णय गर्नुपर्ने उल्लेख गर्दै नेपाललाई राम्रो र विकसित बनाउन सकिने अवसरलाई बुझ्नु पर्ने बताए।

उनले नीजि क्षेत्रलाई जिम्मा दिएमा १० वर्षमा नेपाललाई दक्षिण एशीयामै राम्रो र विकसित देश बनाउने दावी गरे । उनले अन्तर्राष्ट्रिय सतरको सम्मेलन केन्द्र र स्थायी औद्योगिक प्रदर्शनी स्थल नीजि क्षेत्रले २ वर्षमा बनाउन सक्ने बताए । नेपाललाई गरिब बनाउने प्रपञ्चको बिरुद्वमा जुट्नु पर्ने उल्लेख गर्दै अध्यक्ष शर्माले नेपाललाई धनी बनाउने गरी लाग्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलले सरकारी, सहकारी र नीजि क्षेत्र मिलेर देशको आर्थिक विकास गर्नुपर्ने बताए । उनले आर्थिक रुपमा सम्वृद्वि ल्याउने गरी औद्योगिक प्रदर्शनीहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष तथा १४ औ औद्योगिक प्रदर्शनी मुल समितिका संयोजक दिनेशराज रेग्मीले प्रदर्शनीले जनतामा सकारात्मक सन्देश दिएको बताए ।

उद्योग व्यवसाय र आयमूलक कर्मले मात्र राष्ट्रको विकास सम्भव हुने भएकाले उद्योग धन्दाको विकास गरिनपर्ने बताए । औद्योगीकरण नै राज्य विकासको मूल आधार भएकोले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वद्र्धन र विकासका निम्ति सरकारी तथा निजी क्षेत्रहरु हातेमालो गरेर अगाडि बढ्न सक्ने बताए । नेपालका औद्योगिक उत्पादन, कृषि तथा पर्यटकीय विकास, जलस्रोत आदि आकर्षक आम्दानीका स्रोत भएको बताए । स्वदेशी उत्पादनको पहिचान तथा उत्पादक र उपभोक्ताबीचको सम्बन्ध बिस्तारका लागि गरिने यो प्रदर्शनीले राज्यलाई औद्योगिक नीति निमार्ण गर्न सचेत गराएको बताए ।

सामाजिक उत्तरदायित्व पनि वहन गर्नका लागि विगतका वर्षहरुमा जस्तै यस पटकको प्रदर्शनीको प्रवेश टिकटबाट रु.४ गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई ५० पैसा, जितगढी किल्ला संरक्षणका लागि ५० पैसा शिक्षा क्षेत्रमा लगानी गर्ने गरी छुट्टाइएको जानकारी गराए । कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विक, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलम, पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जसी लगायतले बोल्दै राज्यको मात्रै मुख ताकेर देशको आर्थिक विकास हुन नसक्ने बताउंदै सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

आयोजक संस्था रपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीको अध्यक्षता, महासचिव माधव पौडेलको सञ्चालन, वरिष्ठ उपाध्यक्ष गणशप्रसाद अधिकारीको स्वागतमा सम्पन्न कार्यक्रममा सहसंयोजक महेश थैवले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।