आयुर्वेद अस्पतालमा स्वस्थ्य जीवन कार्यक्रम शुरु

४ पुष २०७४, मंगलवार ०८:४०

पुस ४, बुटवल।

बुटवल स्थीत लुम्विनी अञ्चल आयुर्वेद औषधालय बुटवलमा स्वस्थ्य जीवन कार्यक्रम शुरु गरिएको छ । यस कार्यक्रम अन्तरगत विभिन्न किसिमबाट स्वस्थ्य परिक्षणका अतिरिक्त योगा तथा प्रशिक्षण दिइने भएको छ । स्वस्थ्य जीवन कार्यक्रम शुभारम्भमा सहभागि रुपन्देही क्षेत्र नम्वर २ प्रदेश सभाका सदस्यहरुले अञ्चल आयुर्वेद अस्पताललाई अझ ब्यवस्थीति बनाउने प्रतिवद्धता जनाए । प्रदेश सभा सदस्य लिला गिरीले यस अस्पतालको महत्व बढ्दै गएको भन्दै यसको थप प्रचार गरी जनतालाई बुझाउनुपर्ने र धेरै जनतालाई सेवा दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाले अस्पताललाई थप ब्यवस्थीत बनाउनु पर्ने लागि बताउनुभयो । अर्का प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले यस क्षेत्रका वासिन्दालाई प्रत्यक्ष फाइदा हुने गरी अस्पताललाई ब्यवस्थीत गर्नुपर्ने सवैको मिलेर काम गुर्नपर्ने बताउनु भयो । शुभारम्भ कार्यक्रममा सहभागिहरुको रक्तचाप, सुगर परिक्षण गरिएको थियो भने सिलाजीत पनि खुवाइएको थियो ।

बुटवल उप महानगरपालिकाका स्वास्थ्य संयोजक एंव अञ्चल आयुर्वेद औषधालयका प्रमुख डाक्टर रमेश केसीका अनुसार विशेष गरी नसर्ने रोगबाट बच्ने उपायका बारेमा कार्यक्रममा जोड दिइएको बताउनु भयो । पताञ्जली योग समिति लुम्विनीका अध्यक्ष एंव आयुर्वेद औषधालयका वैद्य , स्वस्थ्य जीवन कार्यक्रमका संयोजक विष्णुहरी आचार्यले यस कार्यक्रम अन्तरगत हरेक दिन विहान ६ वजे देखिसाढे ७ बजेसम्म योगा र स्वस्थ्य जीवनशैलिका बारेमा प्रशिक्षण दिइने बताउनुभयो । विगतमा पनि निशुल्क स्वस्थ्य परिक्षण तथा औषधि उपलब्ध गराउदै आएको यस अस्पतालले स्वस्थ्य जीवन कार्यक्रम शुरु भएपछि थप सेवा विस्तार गरेको छ ।