अमेरिकामा भ्यानक डढेलो

९ पुष २०७४, आईतवार ११:००

पुस ९, काठमाडौं ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको भयानक डढेलोका कारण त्यहाँका झन्डै सात सयभन्दा बढी घर नष्ट भएको तथा यो अहिलेसम्मकै ठूलो र विनाशकारी आगालागी भएको प्रहरीले जनाएको छ ।


थोमस नाम दिइएको डढेलो १०० वर्ग किलोमिटर क्षेत्रफलभन्दा बढी स्थानमा फैलिएको छ । उक्त क्षेत्रफल न्यु योर्क सिटी, ब्रसेल्स र पेरिसको कुल क्षेत्रफलभन्दा बढी रहेको छ ।
डिसेम्बरको शुरुमा सान्ता पाउलाबाट शुरु भएको डढेलो पश्चिमी सामुद्रि तटतर्फ फैलिएको हो । केही महिनायता क्यालीफोर्नीमा थुपै्र डढेलो लागिसकेको छ ।