धादिङको उत्तरी क्षेत्रमा पर्ने मतदान केन्द्रहरुबाट हेलिकप्टर मार्फत मतपेटिका सदरमुकाम ल्याइयो

११ मंसिर २०७४, सोमबार १०:५०

शिखा श्रेष्ठ 

मंसिर ११, धादिङ ।

आईतबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि धादिङको उत्तरी क्षेत्रमा पर्ने मतदान केन्द्रहरुबाट मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याइएको छ ।

 

धादिङमा भएको १०९ मतदान स्थलमध्ये १७ वटा मतदान स्थलका ५१ वटा मतपेटिका हेलिकप्टर मार्फत ल्याइएको मुख्य निर्वाचन अधिकृत उमेश कोईरालाले बताउनुभयो । धादिङमा छिटफुट विवाद बाहेक जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले बताउनुभयो । देशभर ३२ जिल्लामा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पहिलो चरण अन्तर्गत धादिङमा भएको मतदानको मतपेटिका सदरमुकाम ल्याइएको हो ।

सम्भव भएका स्थालहरुबाट आईतबार साँझ नै सदरमुकाम ल्याईएको थियो । उत्तरी धादिङका रुविभ्याली, खनियाबास र गंगाजमुना गाउँपालिकाका मतदान केन्द्र टाढा भएकाले सोमबार हेलिकप्टर मार्फत ल्याएको हो ।