मधेश आन्दोलनका शहीदलाई ५० लाख रुपैया क्षतिपूर्ती दिने राष्ट्रिय जनता पार्टी नेपालको प्रतिबद्धता

७ मंसिर २०७४, बिहीबार १०:५६

 बटुकनाथ झा

मंसिर ७, जनकपुरधाम।

राष्ट्रिय जनता पार्टी नेपालले मधेश आन्दोलनको समयमा शहीद परिवारलाई ५० लाख रुपैया क्षतिपूर्ती दिने प्रतिबद्धतालाई पुनः दोहराएको छ ।

  • राजपा नेपालले महोत्तरी सदरमुकाम जलेश्वरमा आयोजना गरेको घोषणापत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले सो प्रतिबद्धता दोहराएका हुन । उहाँले प्रदेश नम्बर २मा मधेस सरकार गठन भएपछि मधेश आन्दोलनमा शहादत दिएका परिवारलाई ५०–५० लाख रुपैयाँ क्षतिपूर्ती उपलब्ध गराइने वचनवद्धता व्यक्त गर्नुभयो । घोषणापत्रमा ५० लाख रुपैया क्षतिपूर्ती उलब्ध गराइने कुरा उल्लेख नभए पनि दुई नम्बर प्रदेशमा आफूहरुकै सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने नेता महतोले जानकारी दिनुभयो । शहिद परिवारलाई आर्थिक सहयोगका साथै प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने र बालबच्चालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने प्रतिबद्धता उहाँले व्इक्त गर्नुभयो ।