६ बर्षे आफ्नै छोरालाई टाउकोमा ढुंगाले किचेर मारे

७ मंसिर २०७४, बिहीबार ०४:५८

मंसिर ७, जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–६ मा एक व्यक्तिले छ महिने छोराको हत्या गरेका छन् ।

बीस वर्षीय क्षेत्रबहादुर बुढाले गत सोमबार छोराको टाउकोमा ढुंगाले किचेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए । एक वर्षअघि कतार बसेर आएका उनले लेखेको सुसाइड नोटमा छोरालाई मारी आफू पनि मरेर श्रीमतीलाई स्वतन्त्र बनाउने कुरा उल्लेख भएको उनले बताए । हिरासतमा रहेका उनलाई अहिले कर्तव्य ज्यानअन्तर्गतको मुद्दा अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । रासस