१० लाख पर्यटकको लक्ष ६ वर्षपछि पूरा

३ मंसिर २०७४, आईतवार ०१:०५

मंसिर ३, काठमाडौं । नेपालले सन् २०११ पर्यटन वर्ष मनाउँदै १० लाख पर्यटन भित्र्याउने घोषणा गरे पनि त्यसको ६ वर्षपछि मात्र लक्ष्य पूरा भएको छ ।

पर्यटक आगमनका दृष्ट्रिले चालू वर्ष (सन् २०१७) मा हालसम्मकै धेरै पर्यटक आउने देखिएको छ । १० महिनाको पर्यटक आगमनदर विश्लेषण गर्दा डिसेम्बरसम्मा १० लाख पर्यटक पुग्ने हो । हालसम्म सबैभन्दा धेरै पटक २०१२ मा ८ लाख ३ हजार भित्रिएको तथ्यांक छ ।   अध्यगमन विभागको तथ्यांकअनुसार १० महिनामा ७ लाख ५७ हजार ४ सय ४८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०१६ को १० महिनामा ६ लाख ७ हजार ५ सय ५६ पर्यटकमात्रै नेपाल भ्रमणमा आएका थिए । यो संख्या गत वर्षभन्दा १ लाख ४९ हजार ८ सय १२ पर्यटकले बढी हो । २०१६ मा ७ लाख ५३ हजार २ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो संख्याभनद २०१७ को १० महिनामै ४ हजार बढी भित्रिसकेका छन् ।

 

चालू वर्षको १० महिनामध्ये सबैभन्दा बढी अक्टोबरमा १ लाख १२ हजार ४ सय १२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । १० महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । सन् २०१७ मा सबैभन्दा धेरै पर्यटक आउने पक्का भएको छ । होटल संघ नेपालका महासचिव विनायक शाह भन्छन् अहिले आगमनदर हेर्दा १० लाख हाराहारीमा पुग्ने देखिएको छ । नेपालका अहिलेको होटल क्षमता वृद्धि भई १५ लाख सम्म सहजै पर्यटक धान्ने अवस्था रहेको शाहले जानकारी दिए ।

 

भारतबाटमात्रै १ लाख ३३ हजार २९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन संख्या चीनकोभन्दा ४९ हजार ६ सय ४२ पर्यटकले बढी हो । यस्तै चीनबाट ८३ हजार ३ सय ४२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यस्तै तेस्रोमा अमेरिकाबाट मात्रै १० हजार १ सय २६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । चौथोमा श्रीलंकाबाट ४१ हजार १ सय २६ पर्यटक नेपाल भ्रमणमा आएका छन् बेलायतबाट पनि ४० हजार ३ सय ४४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । –कारोबार दैनिक