हिमाली जिल्लामा हिमपात शुरु, जनजीवन प्रभावित

१ मंसिर २०७४, शुक्रबार ०९:२०

मंसिर १, हुम्ला ।
हिमाली जिल्लाहरुमा हिमपात हुन क्रम शुरु भएको छ । हिमपातका कारण मंसिर १० मा हुने निर्वाचन प्रभावित हुनसक्ने देखिएको छ ।

हिमपातले जाडो ह्वात्तै बढेसंगै जनजीवन प्रभावित भएको हो । जिल्ला सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको छ । लगातार हिमपात भइरहे हुम्लामा मंसिर १० गते हुने निर्वाचन प्रभावित हुने देखिन्छ । उत्तरी भेगको नाम्खा गाउँपालिका सबैभन्दा बढी हिमपात हुने क्षेत्र हो । नाम्खा गाउँपालिकाअन्र्तगत पर्ने १० वटा मतदान केन्द्र हिमपातबाट बढी प्रभावित हुनेछन् । चिसोका कारण सवैभन्दा धेरै केटाकेटी र वृद्धवृद्धा बढि प्रभावित भएका छन् ।