सुरक्षा निकाय ‘हाइ अलर्ट’ मा

१८ कार्तिक २०७४, शनिबार ०३:१०

कात्तिक १८, काठमाडौँ । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा सुरक्षा थ्रेट बढेको भन्दै प्रहरीले मातहतका निकायलाई ‘हाइ हलर्ट’ मा राखेको छ ।

प्रहरीले सातै प्रदेशका एआइजीलाई यस सम्बन्धमा अलर्ट गराइकेको छ भने मातहतका सबै जिल्लाका प्रहरी प्रमुखलाई सशस्त्र प्रहरी तथा नेपाली सेनासँग समन्वय गरी सुरक्षाका सबै विधि अवलम्बन गर्न निर्देशन दिइसकेको आजको राजधानीमा खबर छ ।