सस्तो लोकप्रियताका लागि सरकारको विवादास्पद निर्णय

२१ कार्तिक २०७४, मंगलवार ००:५०

कात्तिक २१, काठमाडौँ । निर्वाचनको मुखमा सरकारले सस्तो लोकप्रियताका लागि विवादास्पद निर्णय गरेको छ । तराईका बाढीपीडितलाई राहत वितरण गर्ने सरकारले गरेको निर्णय निर्वाचन आचारसंहिता विपरीत भएको खबर आजको सौर्य दैनिकमा छापिएको छ ।

पहिलो चरणको निर्वाचन हुन २० दिन मात्र बाँकी हुँदा प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले तराईका बाढीपीडितलाई विशेष प्याकेज दिने निर्णय गरेको हो ।

निर्वाचन आयोगले १४ भदौबाट नै निर्वाचन आचारसंहिता लागू गरे पनि सरकारले पटकपटक बेवास्ता गर्दै आएको छ ।