शृंखलाबद्ध आक्रमणप्रति अन्तराष्ट्रिय चासो

७ मंसिर २०७४, बिहीबार ०२:५६

मंसिर ७, काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनप्रति अन्र्तराष्ट्रिय समुदायले चासो व्यक्त गरेका छन् । निर्वाचन नजिकिदै गर्दा भएका हिंसात्मक गतिविधिप्रति उनिहरुले चासो व्यक्त गरेका हुन् ।

अमेरिकाले पछिल्लो समयमा बढ्दै गएको निर्वाचन केन्द्रित हिंसाप्रति चिन्ता व्यक्त गर्दै नेपालमा रहेका आफ्ना नागरिकलाई सचेत हुन निर्देशन दिएको छ । काठमाडौं स्थित अमेरिकी दुतावासले ट्राभल नोटिस जारी गर्दै आफ्ना नागरिकलाई निर्वाचनको अवधिभर राजनीतिक गतिविधि भएका स्थानभन्दा टाढै रहन निर्देशन दिएको हो ।   अमेरिकी दुतावासले बुधबार ट्राभल नोटिस जारी गर्दै आफ्ना नागरिकलाई निर्वाचन हुने दिन १० र २१ मंसिर, त्यसको अघिल्लो र पछिल्लो दिन मतदान हुने स्थानबाट टाढै रहन निर्देशन दिएको हो । त्यस्तै राजनीतिक दलका पार्टी कार्यालय, उम्मेद्वारका चुनावी ¥याली तथा अन्य निर्वाचनजन्य कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

 

दूतावासले निर्वाचन नजिकिदै गर्दा कुनै पनि समय निर्वाचन बहिस्कार गर्ने समूहले बन्द तथा आन्दोलन गर्न सक्ने भन्दै त्यसतर्फ सचेत हुन पनि आफ्ना नागरिकलाई भनेको छ । ‘नेपालको निर्वाचन बहिस्कार गरेको समूहले कुनै पनि बेला बन्द तथा आन्दोलन गर्न सक्छन्,’ ट्राभल नोटिसमा भनिएको छ , उदाहरणका लागि पूर्वमाओवादी जनमुक्ति सेनाले शुक्रबार नेपाल बन्दको घोषणा गरेका छन्, त्यसैले पनि आन्दोलन भइरहेको स्थान कुनै पनि ठूलो भीडभाडको वरिपरी देखिँदा सतर्कता अपनाउनू , । आन्दोलन शान्तिपूर्ण भनिए पनि कुनै पनि बेला हिंसात्मक रुप लिन सक्ने भन्दै अमेरिकाले आन्दोलनकारी र सुरक्षाकमीृको मुठभेड जुनसुकै बेल हुन सक्ने बताए । अमेरिकाले नेपालमा भएका सबै निर्वाचन चुनौतीपूर्ण र हिंसात्मक भइरहेको भन्दै निर्वाचनका बेला थप हिंसा हुन सक्ने समेत जनाएको छ ।

‘उममेद्वारमाथी आक्रमण भइरहेका छन्, आक्रमणमा विस्फोटक पदार्थ प्रयोग भएका छन्, अघिल्ला निर्वाचनमा समेत मतदान स्थलनजिकै विस्फोटक पदार्थ फेला परेका थिए,’ ट्राभल नोटिसमा भनिएको छ, ‘हालसम्म अमेरिकाको चासो भनेको निर्वाचन केन्द्रित हिंसा नै हुन ।
दूतावासले निर्वाचनका दिन यातायातका साधनसमेत बन्द हुने हुँदा सडकमा ननिस्कनसमेत आफ्ना नागरिकलाई आग्रह गरेको छ । ‘हामी सुरक्षा निकायलाई पनि कार्तव्यपालना गर्दा संयम अपनाउन र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मापदण्डहरुको पनि पालना गर्न आग्रह गर्न चाहन्छौं’ वक्तव्यमा भनिएको छ ।  अमिरेकाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया कायम गर्न र अपनाउन आग्रहसमेत गरेको छ । हिंसा वा हानिको डरत्रासबिना निर्वाचन प्रक्रियामा सहभागी हुन नागरिकको हकलाई संरक्षण गर्नु लोकततान्त्रिक निर्वाचन प्रणालीको एक मुख्य सिद्धान्त हो । आजको राजधानी दैनिकमा छाएिको छ ।