विप्लव नेतृत्वको चार कार्यकर्ता प्रहरी नियन्त्रणमा

६ मंसिर २०७४, बुधबार ११:०५

मंसिर ६, ईलाम ।
निर्वाचन आउन केहि दिन मात्र बाँकी रहँदा अझै पनि विष्फोट र आक्रमणका घट्ना घट्न सकेको छैन् ।

 

आज मात्रै नुवाकोटको एक स्थानीय काँग्रेस कार्यकर्ताको घरमा राखिएको सुत्तली बम होस् या देशका अन्य स्थानमा राखिएका विष्फोटक पर्दाथका कारण जनजीवन आंतकित बन्न पुगेको छ । यसैबीच आज नै निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका चारजना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाम नगरपालिका–५ भोर्लेनीकी मुना भनिने वसुन्धरा कार्की, वडा नं–११ सोयाकका सञ्जिव फागो, वडा नं.–१ साँखेजुङका विशाल राई र देउमाई नगरपालिका–८ जितपुरका मोहन बरलाई प्रहरीले आफनो नियन्त्रणमा लिएको बताएको छ । एक साताको बीचमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताउनुभएको छ ।