राष्ट्रपति ट्रम्पले ट्वीटरमा भने– न्युयोर्कमा हमला गर्नेलाई मृत्युदण्ड दिनुपर्छ

१८ कार्तिक २०७४, शनिबार ०४:०७

कात्तिक १८, वासिङ्टन । अमेरिकाको म्यानहटनमा गत मङ्गलबार भएको आतङ्ककारी हमलामा जोसुकै भएपनि मृत्युदण्ड दिनुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटर मार्फत् बताएका छन् ।

आतङ्ककारी हमलापछिको प्रतिक्रियामा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै स्वरुपका भए पनि आतङ्कवादी क्रियाकलापलाई परास्त गरी छोड्ने प्रतिबद्धता जनाएका थिए ।

अमेरिकाको म्यानहटनमा मङ्गलबार भएको आतङ्ककारी हमलापछि दिएको प्रतिक्रियामा उनले सो कुराको प्रतिबद्धता व्यक्त गरेका समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आइएसलाई अब टाउको उठाउन नदिने र मध्यपूर्वबाटै उक्त आतङ्ककारी संगठन आइएसको अस्तित्व मेट्ने आफ्नो ट्वीटर अकाउन्टमा जनाएका थिए ।