राजनीतिक अस्थिरता र भ्रष्टाचारका कारण स्वास्थय क्षेत्र बढि प्रभावितः डा.केसी

२ मंसिर २०७४, शनिबार ०८:१६

मंसिर २, काठमाडौं । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले राजनीतिक अस्थिरता र भ्रष्टाचारका कारण स्वास्थ्य क्षेत्र बढी प्रभावित भएको बताएका छन् ।

क्रिटिकल केयर नर्स एसोसिएसनले आज राजधानीमा गरेको कार्यक्रममा प्रा.डा. केसीले स्वास्थ्य सेवाको पहुँच सबै नेपालीको घरमा र्पुयाउने काममा राजनीतिक दलहरु नै बाधक बनेको टिप्पणी गरेका छन् । उनले राजनीतिक अस्थिरताका कारण चिकित्सा क्षेत्र प्रभावित हुनु लज्जाको विषय भएको भन्दै दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा र्पुयाउन सुझाव दिए । प्रा.डा.केसीले गुणस्तरीय स्वास्थ्य शिक्षाले नै गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन सक्ने भएकाले यसका लागि आफू लडिरहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा देशका विभिन्न अस्पतालमा काम गरिरहेका नर्सहरु सहभागी थिए । कार्यक्रमका सहभागीहरुले आईसीसीयू र आईसीयूका बिरामीको स्वास्थ्य सेवा र हेरचाहका लागि नर्सको अहम् भूमिका हुने भएकाले नर्सिङ शिक्षालाई गुणस्तरीय र समयानुकूल बनाउनपर्नेमा जोड दिए ।