रसुवा र धादिङमा मतदाता शिक्षा कार्यक्रम शुरु

२६ कार्तिक २०७४, आईतवार ०३:४३

कात्तिक २६ काठमाडौं। मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रसुवाले मतदाता शिक्षा कार्यक्रम शुरु गरेको छ ।

कार्यालयले जिल्लामा निर्वाचनका लागि गर्नुपर्ने अन्य काम सँगसँगै मतदातालाई कसरी मतदान गर्ने भन्ने विषयमा जानकारी गराउन स्वंमसेवकहरुलाई मतदाता शिक्षाको प्रशिक्षण सुरु गरेको हो ।  खटाइएका स्वंसेवकले मतदाताको संख्या वृद्धि गर्न सहयोग पु¥याउने, बदर मत संख्या कम गर्न सहयोग गर्ने, मतदान गर्दा चिन्हको सही प्रयोग गराउन सचेत गराउनेलगायतका जानकारी मतदातालाई दिने जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।  यसैगरी निर्वाचन कार्यालय रसुवाले निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।   प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि रसुवामा ४५ वटा मतदान केन्द्र र ३४ वटा मतदानस्थलमा ४५ जना स्वयमसेवक परिचालन गरिएको छ ।

 

यता, जिल्ला निर्वाचन कार्यालय धादिङले पनि मतदाता स्वयंसेवकलाई मतदाता शिक्षा दिन सुरु गरेको छ ।  मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन र निर्वाचित सांसदका काम कर्तव्य अधिकारका विषय सिकाई प्रशिक्षण पश्चात उनीहरुलाई गाउँगाउँमा मतदाताको घर–घरमा पठाईने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।  जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार निर्वाचनका लागी जिल्लाभर रहेका सबै स्थानमा निर्वाचनका लागी मतदान स्थलको पुनरावलोकन गरी उपयुक्त स्थानमा मतदान केन्द्र तोकी निर्वाचन कार्यालयमा पठाइसकेको जनाएको छ ।  निर्वाचनका लागि धादिङमा २ सय ७५ मतदान केन्द्र र १ सय ९ मतदानस्थल निर्धारण गरिएको छ । धादिङमा २ लाख ३३ हजार ४ सय ७५ मतदाता छन् ।