रसुवागढीमा १७ किलो सुनसहित एक व्यक्ति पक्राउ

२ मंसिर २०७४, शनिबार ०७:४५

शशिशेखर घिमिरे
मंसिर २, काठमाण्डौं ।
पछिल्लो समय सुन तस्करीका घटना एकपछि अर्को गरि आईरहेको छ । सुन तस्करीमा संलग्नको बयानलाई आधार मान्ने हो भने नेपालमा सुन तस्करको ठूलै जालो रहेको प्रहरीे अनुमान छ ।

 

त्यसो त खुल्ला सीमानाका कारण पनि पछिल्लो समय नेपालमा सुन तस्करीमात्र हैन अपराधीक गिरोहको लागी यो भूमि गतिलो क्रीडास्थलको रुपमा विकास हुदै गएको देखिन्छ । श्रृखंलावद्ध किसीमले सुन तस्करहरु पक्राउ पर्नुले एकातिर प्रहरीको सफलतालाई देखाएपनि अर्कोतिर कमजोर सुरक्षा व्यवस्थाका कारण पनि तस्करहरुको मनोबल वढेको अाँकलन गर्न गाह्रो छैन । तस्करहरु पछिल्लो समय चीनको केरुङ नाकामार्फत सुन भित्राउन तल्लीन रहेका छन् । जुन नाकाबाट धेरै मात्रामा अवैध सुन तस्करी भईरहेको छ, उक्त नाकाको सुरक्षा चेकजाँचमा वसेका प्रहरीहरुले मौनता साँधेको हो या प्रयास गर्दागर्दै पनि सफल हुन नसकेको हो त्यो खोजीको पाटो हुन सक्छ । नत्र भने तस्करहरुले बेलाबखत नेपालको विमानस्थलबाट हाती समेत सजिलै पास गरार्ईदिने भनेर दिने गरेको धम्कीलाई आधार मान्दा पनि नेपालको सुरक्षा निकायको अवस्था के कस्तो छ स्पष्ट हुन्छ ।

 

त्यसो त प्रतिनीधि सभा र प्रदेशसभा निर्वाचनले मुलुक तातीरहेको अवस्थामा कडा सुरक्षा व्यवस्थाको बाबजुद पनि तस्करहरु किन सक्रिय छन् त्यो अर्थपूर्ण रुपमा लिन सकिन्छ । शनिवारमात्रै १७ किलो सुन लिएर नेपाल आउँदै गरेका एक व्यक्ति पक्राउको समाचारले पनि नेपालको सुरक्षा निकाय माथि उतिकै प्रश्न गर्ने आधार थपेको छ । नेपाल प्रहरीले चेकजाँच गर्ने क्रममा रसुवागढीबाट रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ का ३१ वर्षीय कार्साङ दाबा तामाङलाई १७ किलो सुनसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानको पाटो एकातिर हुन्छ तर चाहे सुन तस्करको लागी होस् या चाहे अन्य जुनसुकै आपराधीक गतीविधीकालागी सहज वातावरण वन्छ भने त्यो पक्कै पनि सुखद नहुन सक्ने देखिन्छ ।