युवा संघ मोरङका अध्यक्ष पर्वतराज निरौलामाथि आक्रमण

१८ कार्तिक २०७४, शनिबार १६:३०

कात्तिक १८, विराटनगर । एमाले भातृ संगठन युवा संघ मोरङका अध्यक्ष पर्वतराज निरौलामाथि आक्रमण भएको छ ।

दुधर्फम नजिकै निरौलामाथि धारिलो हतियार प्रहार भएको हो । उनको हातमा चोट लागेको छ ।

 

मोरङका प्रहरी प्रमुख अरुण बिसीका अनुसार साँझ ५ बजेतिर भएको घटनाबारे निरौलाले प्रहरीलाई खबर गरेका थिएनन् । आफुले बुझ्दा निरौलाले हिँडिरहेको समयमा मोटरसाइकलमा आएको समूहले आक्रमण गरेको बताएको बिसीले जानकारी दिए ।