बौद्धमा स्कुटरको ठक्कारबाट चिनियाँ नागरिक घाईते

३० कार्तिक २०७४, बिहीबार १६:३३

मन्जिल कन्दङ्वा

कात्तिक ३०, काठमाडौं । बौद्ध टुसाल चोकमा स्कुटरको ठक्कारबाट एक चिनियाँ नागरिक कान्जिङ लामा घाईते भएका छन् ।

लामा बाटो क्रस गर्दै गरेको अवस्थामा बा.८२ प ४०३२ नम्बरको स्कुटरले ठक्कार दिइएको हो । स्कुटर चालक गोकर्णेश्वर वडा ३ बस्ने महोन भण्डारी रहेको छ । भण्डारी र लामा दुबै घाईते भएको छ । तीनिहरुलाई उपचारका लागि जोरपाटी नारायणटार स्थित नेपाल अर्थोपेडिक अस्पतालमा पु¥याएको बौद्ध महानगरीय प्रहरी वृत्तले जानकारी दिएको छ ।