बूढीगण्डकी स्वदेशी लगानीमै

९ मंसिर २०७४, शनिबार ०२:३०

मंसिर ९, काठमाडौं । बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अन्ततः स्वदेशी लगानीमै बनाउने निर्णय सरकारले गरेको ेछ । यो राष्ट्रिय गौरवको आयोजना हो ।

उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाको प्रस्तावमा उक्त आयोजना स्वदेशी लगानी बनाउने निर्णय शुक्रबार मन्त्रिपरिषद्ले गरेको हो । तत्कालीन प्रधानमनत्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चिनियाँ कम्पनी गेजुवालाई निर्माणका लागि ठेक्का दिइएको थियो । शेरबहादुर देउबा नेतृत्वको वर्तमान सरकारले दुई साताअघि गेजुवाको ठेक्का रद्द गर्ने निर्णय लिएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान हुने दुई दिन अघि सरकारले बूढीगण्डकी स्वदेशी लगानीमै बनाउने निर्णय गरेको हो । पहिलो चरणको निर्वाचनअन्र्तगत आईतबार मतदान हुदैछ ।

‘मन्त्रिपरिषदको शुक्रबारको बैठकले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना स्वदेशी लगानी र प्रविधि उपयोग गरी निर्माण गराउने निर्णय गरेको छ,’ बैठकपछि मन्त्री थापाले भने । उनका अनुसार उक्त आयोजनाको सम्पूर्ण जिम्मेवारी अब नेपाल विद्युत प्राधिकरणले लिनेछ ।

गोरखा र धादिङ सिमाना पर्ने उक्त आयोजना दाहाल नेतृत्वको सरकारले विनाप्रतिस्पर्धा गेजुवासँगै निर्माण सम्झौता गरेको थियो । दाहाल नेतृत्वको सरकारले गत जेठ २१ गते बिनाप्रतिस्पर्धा निर्माणको ठेक्का गेजुवालाई दिएको थियो । देउवा सरकारले कात्तिक अन्तिम साता गेजुवासँगको सम्झौता खारेज गरेको थियो । –नागरिक दैनिक