बालाचर्तुदशी पर्व मनाईदैं,देशभरका शिवालयहरुमा भक्तालुहरुको घुईचो

१ मंसिर २०७४, शुक्रबार ०६:३७

मंसिर १ , काठमाण्डौं ।
पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ ।

 

पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ ।  कृष्ण चतुर्दशीका अवसरमा बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ। यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास छ । धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर बनाईएको शतबीजमा दान दक्षिणा हालेर छर्ने चलन रहेको छ ।यसैगरि आज नै देशका विभीन्न स्थानमा रहेका शिवका मन्दिरहरुमा पनि भक्तालुहरुको ठूलो घुईचो लागेको छ । बालाचतुदर्शीको अवसरमा शतबीज छरी रातभर पीतृको नाममा जाग्राम बसेर वति बाल्नाले पीतुमोक्ष हुने धार्मिक बिश्वास रहेको छ । शतबीज भन्नाले मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन्।