प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात, अवस्था गम्भिर

३ मंसिर २०७४, आईतवार ०२:२०

मंसिर ३, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाललाई हृदयघात भएपछि नर्भिक अस्पतालमा लगिएको छ ।

नर्भिक अस्पतालमा लगिएका प्रकाशलाई भेट्नका लागि नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा लगायतका नेताहरु पुगेका छन् । नर्भिक अस्पतालमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उनी बिहान बिरामी भएपछि नर्भिक अस्पताल ल्याइएको बताइएको छ । नर्भिक अस्पतालमा अहिले माओवादीका शीर्ष नेताहरु आउने क्रम जारी छ ।
अस्पताल स्रोतकाअनुसार उनलाई हृदयघात भएको हो । उनको अवस्थाका बारेमा अहिले बताउन नसकिने अस्पताल स्रोतले जानकारी दियो । उनकाअनुसार अवस्था गम्भीर छ ।