प्रकाश दाहालको प्रगतिशील काजकिरिया गरिदै

५ मंसिर २०७४, मंगलवार ०५:०१

मंसिर ५, काठमाडौं ।  प्रचण्डनिवास लाजिम्पाटमा प्रकाश दाहालको काजकिरिया प्रगतिशील ढंगबाट गरिएको छ । त्यहाँ कोही पनि कपाल खौरेर कोरा बसेको छैन ।

आइृतबार विहान निधन भएको प्रकाश दाहालको आज दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु समावेदना प्रकट गर्न पुगेका थिए ।

निवासको ढोका छेउमा प्रकाशको तस्वीर र आगन्तुक पुस्तिका राखिएको छ । परिवारका सदस्यलाई समवेदना दिन जाने मानिसहरुले आगन्तुक पुस्तिकामा नाम लेख्छन् र तस्वीर नजिक पुगेर श्रद्धाञ्जली अर्पण गर्छन् ।

मंगलबारसम्म लाजिम्पाटमा प्रचण्ड परिवारलाई सहानुभूति दिन पुग्नेहरुको बाक्लो उपस्थिति देखिँदै आएको छ ।