नेपाल छनोट चरणबाटै बाहिर

१९ कार्तिक २०७४, आईतवार ०३:११

कात्तिक १९, काठमाडौँ । नेपाल एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको छनोट चरणबाटै बाहिरिएको छ । हिजो भएको खेलमा युनाइटेड अरब इमिरेट्स (युएइ) सँग १–० गोलको हारसँगै नेपालको छनोट हुने सम्भावना सकिएको हो ।

अघिल्लो चरण पुग्ने सम्भवनालाई जीवित राख्न नेपाललाई शनिबारको खेल जित्नैपर्ने दबाब थियो । तर यस हारले नेपालको छनोट यात्रामा पूर्णविराम लगाएको छ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानसँग २–० र दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भएको थियो ।

युएईसँगको हारसँगै समूह ‘ए’ मा अंकविहीन रहँदै नेपाल तालिकाको पुछारमा छ । नेपालले अन्तिम खेल २२ कात्तिकम ओमानसँग खेल्नेछ ।

छनोटमा समूहको शीर्षस्थानमा रहने टोली सोझै फाइनलमा प्रवेश गर्नेछन् । त्यस्तै दश समूहका विजेता र सबै समूहबाट उत्कृष्ट पाँच उपविजेता राष्ट्रले आयोजकसँगै अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।