निहत्था जनतामाथि गोली प्रहार गर्नेलाई मत नदिनुस्ः अध्यक्ष यादव

१२ मंसिर २०७४, मंगलवार ११:३२

मंसिर १२, कपिलवस्तु ।
मधेस आन्दोलनको क्रममा निहत्था जनता माथि गोली प्रहार गर्नेलाई निर्वाचनमा मत नदिन संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आग्रह गरेका छन

कपिलवस्तुमा आज भएको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष यादवले आफनो स्र्वाथ पूरा गर्नकोलागी गोली समेत चलाउन सक्नेले जे सूकै गर्न सक्ने भन्दै निर्वाचनमा मतदनिु अघि बडो सुझबुझ ढंगले मत हाल्नु पर्ने धारणा राखेका छन् ।