नजिकीदो निर्वाचन र बम प्रहारको त्रासदी

१ मंसिर २०७४, शुक्रबार १०:२२

शशिशेखर घिमिरे
मंसिर १, काठमाण्डौं ।
निर्वाचन जसै संघारमै आउदैछ, त्यसै बम बिष्फोट र आक्रमणका घटना बढ्न थालेका छन् । आज मात्रै नुवाकोटमा काँग्रेस नेता रामशरण महतमाथिको आक्रमण होस् या रोल्पामा पूर्वसभामुख ओनसरी घर्तीमगर लगायत माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी भएको बम प्रहारले आमजनता सशंकित हुन थालेको अड्कल गर्न थालिएको छ । निर्वाचनमा भयरहित बाताबरणमा मतदान गर्न सक्ने अवस्था कम हुदै जानु सुखद पक्ष नहुन सक्छ । त्यसो त राजनीति प्रति युवाहरुको चुलिदो नैराश्यता एकातिर छ भने अर्कोतिर राजनीतिले बर्षौसम्म पनि खासै परिवर्तनको अनुभूति गराउन नसक्दाजनताको निराशा चुलिदो अवस्थामा रहेको राजनैतिक विश्लेषहरुको ठम्माई रहेको छ । यसखाले माहोल र गतीविधीले एकातिर निर्वाचन हुन नदिने रणनीतिमा रहेका दलहरुको अभिष्टमा धेरथोर सहयोग त पुग्ला तर यसले भोली हाम्रै सन्ततीको भविष्य अन्धकार तर्फ धकेल्नु हो भन्ने तर्फ पनि बेलैमा सचेत हुन आवश्यक छ । मतदान प्रकृयामा नै सामेल नहुनु भन्दा पनि कसरी र कुन रुपमा कस्ता खाले भिजन र सिदान्त भएका नेतालाई आफूले मदतान गर्ने हो सो बुझेर मात्र मतदान गर्न आवश्यक देखिन्छ ।

 

सहज वातावरणमा मतदान हुन नदिने तत्वहरु एकातिर सल्वलाईरहेका छन् भने अर्कोतिर धमिलो पोखरीमा माछा मार्न खोज्ने तत्वहरु पनि हावी भएको होकि भन्ने अड्कलबाजी हुन थालेको छ । विकट भौगोलीक अवस्था रहेको जिल्लाहरु जहाँ एउटा डाँडाबाट अर्को डाँडामा पुग्न ठूलै चुनौति मौल्न पर्छ,त्यहाँका जनताहरुलाई निर्वाचनले पक्के पनि केहि परिवर्तन बोकेर आँउछ भन्ने लागेको हुन सक्छ । तिनका आशामा ठेस लाग्न नदिनु नै राम्रो हुनसक्छ । जे जति भएपनि निर्वाचनको पूर्वसन्धयामा जसरी आक्रमण र विष्फोटका घटना भएका छन् तिनले धेरथोर मतदाताको मनोबिज्ञानमा असर पुग्ने निश्चीत देखिन्छ । यस्तो अवस्तामा एकातिर मतदान कसरी संभव होला भन्ने प्रश्नहरु खडा भएका छन् भने अकोतिर राजनीतिक दलहरुले निश्चीत तहर तप्कालाई प्रभावित पारेर जित्ने चुनावको अर्थ कति भन्ने प्रश्नहरु पनि उतिकै तेष्र्यिका छन् । निर्वाचनको माहोलसंगै जनता जीतहारको जोडघटाउमा लागीरहँदा यस प्रकारका गतीविधी हुनुु पक्कै पनि विकट स्थान र दूरदराजका स्थानका न उम्मेद्वारलाई सुखद हो न कार्यकर्ता न सर्वसाधारणलाई नै ।

 

आजै पूर्वसभामुख घर्तीसहित माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुईओटा बम प्रहार भए । यो खवर जसै संञ्चारमाध्यमममा आयो राजनीतिक वृतमा अनेक थरि अड्कल र विश्लेषण हुन थालेका छन् । जे जस्तो भएपनि वर्षौ सम्म निर्र्वाचन मार्फत परवर्तनको आशामा बसेका ति तमाम निर्दोष मतदाताले वर्षौदेखि वारी भितो र पारी भितो गर्नकालागी एउटा पुल मागेको होस् या सामान्य बिरामी हुँदा कोशौं हिड्नुपर्ने नियतीको अन्तय नै किन नहोस् निर्वाचन मार्फत परिवर्तनको आशा गरेको धेरै भएपनि सो अनुसारको विकास हुन नसक्दा चिन्तीत जनताहरुलाई फेरि पनि बम र बारुदका आवाजहरुले त्रर्साउन थाल्यो भने अवस्था सुखद नहुने देखिन्छ । हो, हिजो सशस्त्र द्वन्दमा हाम्रा थुप्रै चेलीवेटी योवनमै पुछिएको सिउँदो लिएर बाँच्न विवश भए । कतिपय बालबालिका आफना आमाबावु गुमाउन पर्दाको पीडाले शहरको रंगिन दुनियाँमा पुगे र कन्टेनरमा मिल्काईएका खानेकूरा खान विवश भए ।

हाम्रा कतिपय चेलीहरु डान्सबारमा नाँगिन विवश भए भने आफना सन्तान कुनै दिन त फिर्ला नी भनेर बर्षौसम्म पिढींको डीलमा बसेर बाटो हेरिरहेका वूढावूढीका आशा आसन्न निर्वानचमा मिसीएको छ ।
लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रहरीको स्कर्टिङमा जाँदै गर्दा भदौरे जंगलबाट बम प्रहार भएको जनाइएको छ । भदौरे जंगलको भीरबाट नेताहरुको गाडीभन्दा १० मिटरअगाडि बम प्रहार भएको रोल्पा प्रहरीले जनाएको छ । घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । बम प्रहार भएलगत्तै प्रहरीले भदौरे भीरमा घेरा हालेर बम प्रहार गर्ने अज्ञात समूहको खोजी गरिरहेको जनाएको छ । यसरी निर्वाचनको संघारमा निर्वाचन प्रचारप्रसार र मतदाता र कार्यकर्ता भेटघाटमा जुटिरहेका उम्मेद्वारमाथि बमप्रहार गर्नु र आतंक सीर्जन गर्नुभन्दा पनि सभ्य किसीमले आफना मागका सम्वन्धमा अघि बढे राम्रो पो हुने थियो कि ?