सिमीकोट  धावनमार्गमा तारा एयरको नाइन एन एबीएम विमान दुर्घटना

१२ मंसिर २०७४, मंगलवार ०४:४९

मंसिर १२, काठमाडौं । उडान भर्ने क्रममा हुम्लाको  सिमीकोट  विमानस्थलको धावनमार्गमा तारा एयरको नाइन एन एबीएम विमान दुर्घटना भएको छ ।

 

मंगलबार बिहान विमानको अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो । दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा परी विमानका क्याप्टेन र दुई प्रहरी गम्भीर घाइते भएका छन् भने अन्य १३ यात्रु सामान्य घाइते भएका छन् ।