डोटीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

१८ कार्तिक २०७४, शनिबार ०७:२१

कात्तिक १८, डोटी । डोटीको डा. केआई सिंह गाउँपालिका वडा नम्बर ३ देउराली भन्ने स्थानमा भएको जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

तिखाटरबाट दिपालय जाँदै गरेको से १ ज २६५ नम्बरको जिप देउराली भन्ने स्थानको सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।

मृतक मध्ये दुई पुरुष र एक महिला छन् । दुर्घटनामा केही घाइतेसमेत भएका छन् । दुर्घटनास्थलमा सुरक्षाकर्मीसहितको टोली पुगेर घाइतेहरुको उद्दार गरिरहेको छ ।