जापानसँगको ‘जिट्को’ सम्झौता परिमार्जनको तयारी, नेपाली कामदारलाई सहज हुने

१८ कार्तिक २०७४, शनिबार ०१:४२

कात्तिक १८, काठमाडौँ । सरकारले नेपाली कामदारलाई जापानको रोजगारी सहज बनाउने प्रयास अगाडि बढाएको छ ।

औद्योगिक तालिम तथा प्राविधिक ‘इन्टर्नसिप’ का रूपमा नेपाली कामदार जापान पठाउन सअघि भएको दुईपक्षीय सम्झौता परिमार्जन गर्दै जापानको रोजगारी सहज बनाउन लागिएको हो ।

नेपाल सरकार र जापान सरकारको अन्तर्राष्ट्रिय तालिम सहयोग निकाय (जिट्को) बीच ३ डिसेम्बर, २००३ मा नेपाली औद्योगिक प्रशिक्षार्थी र प्राविधिक कामदार जापान पठाउने सम्बन्धी सम्झौता भएको थियो । सोही अनुरूप आर्थिक वर्ष ०६४÷६५ देखि नेपाली कामदार जापान जान सुरु भएको थियो ।

सम्झौता परिमार्जन भएमा जिट्कामो सूचीकृत भएका म्यानपावरहरूले जापानका उद्योग तथा प्रतिष्ठानमा आवश्यक कामदारको माग सोझै ल्याएर नेपाली कामदार जापान पठाउन सक्नेछन् । आजको नयाँ पत्रिकामा खबर छ ।