चेकिङको बेला घुस दिन खोज्ने चालक पक्राउ

१४ मंसिर २०७४, बिहीबार ०२:२६

मंसिर १४, काठमाडौं । सवारी चेकजाँचका क्रममा आवश्यक कागजात फेला नपरेपछि ट्राफिक प्रहरीलाई घुस दिएर उम्कन खोज्ने तीन चालकलाई पक्राउ गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार उनीहरुलाई बुधबार नियन्त्रणमा लिइएको हो । यस्तै ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गर्न खोज्ने दुईजनालाई पनि पक्राउ गरिएको छ ।

उपत्यकामा बुधबार सवारी नियम उल्लंघन गर्ने १,९८६ जना चालक कारवाहीमा परेका ट्राफिक प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए । मंगलबार यस्तो कारवाहीमा पर्नेको संख्या १,८५२ थियो ।