चिनियाँ राष्ट्रपति सीको पुस्तक नेपालसहित १६ देशमा प्रकाशित हुने

११ मंसिर २०७४, सोमबार १३:४७

मंसिर ११, बइेजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङको शासनसम्बन्धी पुस्तकको दोस्रो खण्ड नेपाल पनि प्रकाशित हुने भएको छ ।


नोभेम्बर ७ मा चिनीयाँ र अंग्रेजी भाषामा प्रकाशित दोस्रो खण्ड ‘सी जिनपिङःचीनको शासन’ पुस्तक नेपाल सहितनेपाल सहित १६ देश प्रकाशित हुने भएको हो । १६ देशहरूमा नेपालसहित इटाली, पोल्याण्ड, युक्रेन, अल्बानिया, रोमानिया, केन्या, ताजिकिस्तान, भियतनाम, पाकिस्तान, बंगलादेश, क्याम्बोडिया, लाओस, मंगोलिया, श्रीलंका र अफगानिस्तान रहेका छन् । मुख्य प्रकाशन गृहको संस्था फरेन ल्याङ्ग्वेज प्रेस (एफएलपी) सँग यो सम्झौता भएको छ ।  पुस्तक फेञ्च, रसियन र स्पेनीश भाषामा पनि रुपान्तर गरि प्रकाशन गर्ने प्रक्रियामा छ । यो खण्डमा राष्ट्रपति सीका ९९ वटा महत्वपूर्ण भाषण, अन्तर्वार्ता, निर्देशन र पत्र समावेश गरिएको छ । यसका अतिरिक्त अगष्ट १८, २०१४ देखि सेप्टेम्बर २९ २०१७ सम्मका २९ वटा तस्विर पनि राखिएको सो पुस्तकका आलेख १७ शीर्षकमा विभाजन गरि अतिरिक्त टिप्पणी पनि समावेश गरिएको छ ।

सी को पुस्तकले शान्ति र विकासको प्रवर्द्धन गरि मानवजातीको साझा भविष्य निर्माण गर्न समुदायको विकासका लागि चीनको ज्ञान र समाधान बारे जानकारी दिन्छ । चिनिया जनतालाई एकीकृत गरि नेतृत्व प्रदान गर्दै चीनको मौलिक स्वरुपको समाजवाद विकास र त्यसको जगेर्ना गरि मुलुकलाइ नयाँ युगमा प्रवेश गराउन राष्ट्रपति सी सँग र चिनीया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको गरेको अभ्यास पुस्तकले चित्रण गर्छ’, एफएलपीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सी को पुस्तकले शान्ति र विकासको प्रवर्द्धन गरि मानवजातीको साझा भविष्य निर्माण गर्न समुदायको विकासका लागि चीनको ज्ञान र समाधान बारे जानकारी दिन्छ ।’

नयाँ पुस्तकले अन्तर्राष्ट्रिय समुदायलाइ सीको विचार, पथ, सिद्धान्त, व्यवस्था र चिनियाँ चरित्रको समाजवादबारे थप जानकारी हासिल गर्न सहयोग गर्नेछ । सन् २०१४ मा प्रकाशित पहिलो खण्ड ‘सी जीनपिङः चीनको शासन’ २४ भाषामा अनुवाद गरिएको थियो । पहिलो खण्ड ६६ लाख प्रति बिक्रि भएको थियो ।
(सिन्हवा