काठमाडौंमा सुरक्षाजाँच कडाई, बन्द हल्ला मात्र

८ मंसिर २०७४, शुक्रबार ०१:२४

मंसिर ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आज भनिएको बन्दको हल्लाले केही सामान्य प्रभाव परे पनि विहानै देखि सवारीसाधन चलेको छ ।

चोक–चोकमा विहान ५ बजेदेखि नै प्रहरी सुरक्षा व्यवस्थापन कडाई गरेको छ । विभिन्न सवारी साधन मोटरसइकल, ट्याक्सी, कारलाई रोकी प्रहरीले चेकजाँच गरेका छन् । आसन्न निर्वाचनलाई लक्षित गरेर ठाउँ–ठाउँमा उम्मेद्वारमाथी बम विस्फोटन गर्दै आएका नेकपाले आज ८ गते निर्वाचन बाहिस्कारको लागि बन्द गर्ने भन्ने हल्ला चलाएको थियो । सो हल्लाले सुरक्षामाथी नै चुनौति थपिएपछि नगृहमन्त्रालयले कडा कारवाही र पक्राउको निर्देशन दिएको थियो ।

स्रोतका अनुसार ८५ जना केन्द्रिय सदस्य रहेको उक्त विप्लप माओबादीका ६५ जना केन्द्रिय सदस्य समेत विभिन्न जिल्लाका अध्यक्षहरु पक्राउ गरिसकेको जानकारी छ ।
निर्वाचनलाई थप सुरक्षा व्यवस्थापन गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीको बाग्लो उपस्थितिमा संवेदनशील स्थानहरुमा सुरक्षा दिदै आएको छ ।