काठमाडौंको हेरिटेज प्लाजामा गोली चल्यो, २ भारतीय नागरिक पक्राऊ

१५ कार्तिक २०७४, बुधबार १२:५८

कात्तिक १५, काठमाडौं । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ ।

 

गोली कसलाई हानिएको थियो भन्ने खुलेको छैन । महानगरीय प्रहरी परिषर, काठमाडौंका एसएसपी रविन्द्र धानुकले दिएको जानकारी अनुसार गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोल बरामद गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको धानुकले बताए । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखेर अहिले प्रहरीले बयान लिइरहेको छ ।