काँग्रेसले यसअघि पाएको बहुमत बाँदरको हातमा नरिवल -अध्यक्ष ओली

१२ मंसिर २०७४, मंगलवार १०:२९

मंसिर १२, ललितपुर ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसका नेता गणेशमान सिंह भएको भए हात उठाएर एमाले प्रवेश गर्ने धारणा ब्यक्त गरेका छन् ।

आज ललितपुरको लगनखेलमा आयोजीत चुनावी सभालाई सम्वोधन गर्दै नेता ओलीले अन्तिम समयमा आएर गणेशमान सिंहले काँग्रेस छोडेको बताएका थिए ।  उनले परिवर्तनको लागी ठूलो त्याग र तपस्या गरेको व्यक्तिलाई त कांग्रेसले वेवास्ता ग¥यो तपाईँहरुलाई कांग्रेस छाड्न किन गाह्रो ? भन्दै प्रश्न सोधे । ओलीले गणेशमान जत्तिको त कांग्रेसी तपाईँ हैन होला नी भन्दै प्रतिप्रश्न गरे  । यसअघि ओलीले पोखरामा भएका एक चुनावी सभाको क्रममा वीपी कोइराला जीवित भएको भए कांग्रेस प्रवेश गर्ने धारणा राखेका थिए । उनले भनेका थिए , ”बीपी कोइराला बाँचिरहेको भए, त्यो बेला बनाएको हो कांग्रेसलाई, अहिले काम लाग्दैन भन्नुहुन्थ्यो र एमाले प्रवेश गर्नुहुन्थ्यो ।’ ओलीले भनेका थिए ।

नेपाली कांग्रेसको आलोचना गर्ने क्रममा उनले कुनै समयमा पाएको बहुमत बाँदरको हातमा नरिवल जस्तै भएको टिप्पणी समेत गरे । लगनखेलमा वाम गठबन्धनले गरेको संयुक्त आमसभालाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले यसअघि बहुमत प्राप्त गरेपनि त्यसको उपलव्धीर्बाट चुकेको आरोप लगाउँदै कांग्रेससँग विकास गर्ने कुनै एजेन्डासमेत नभएको दावी समेत गरे । उनले भने, ‘कांग्रेसले यस अगाडिका निर्वाचनमा बहुमत ल्याएकै हो । दुई तिहाइ पनि ल्यायो आखिर के भो त ? ‘ ओलीले वाम गठबन्धनले दुई तिहाई ल्याए देशको मुहार फेर्ने उद्घोष गरे ।

सरकारको अझै पनि ध्यान देशमा शान्ति सुरक्षा कायम गर्नु नरहेको भन्दै देशका विभिन्न क्षेत्रमा बम विस्फोट गराएर जनतालाई तर्साउन खोजेको आरोपसमेत उनले लगाए । ओलीले बम राख्ने र विस्फोटन गराउनेप्रति लीक्षत गर्दै भने ‘आखिर केको लागि बम पड्काइन्छ ? के निर्वाचन गराउन नपाउने हो ? यो केको लागि खोपीमा रहेका राजा ल्याउन कि ? बम पड्काउनेलाई राजा बनाउनुपर्ने हो ?,‘ उनले सोधे । उनले देश बनाउन कम्युनिष्ट सरकारको वकल्प नरहेको समेत धारणा राखे ।

 

बानेश्वरमा भएको चुनावी सभालाई सम्वोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली

यसैगरि बानेश्वरमा भएको चुनावी सभालाई सम्वोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गतिलो नेतृत्वको अभावमा मुलुक लामो समय सम्म रुमल्लीएको वताए ।

उनले नेपाली कँग्रेसलाई संविधान जारी गर्न आफूहरुले घिसारेर ल्याएको बताउदै कँग्रेस पछिल्लो समय अविश्सनिय बन्दै गएको धारणा व्यक्त गरे ।  चुनाव मार्फत स्थीर सरकार निर्माण गरेर विकास र समृद्धितर्फ उन्मुख हुने ओली भनाई थियो । कार्यक्रममा एमाले नेता तथा काठमाण्डौं क्षेत्र नं २ का बामगठवन्धनका उम्मेदवार समेत रहेका बरिष्ठ नेता माधव कुमार नेपालले काँग्रेस भित्र बामगठवन्धकै कारण भूकम्प गएको बताउँदै नेपाली जनताको मन नजित्ने काँग्रेसको भम्रपछि नलाग्न  आग्रह गरे । उनले काँग्रेसको दिन गएको बताउदै पटक पटक बहुमत ल्याएर पनि उपलव्धीहिन भएको  बताउदै  बिबेकशील र नयाँ शक्ति पार्टी तर्फ ईगित गर्दै ति पार्टी बिजुली   चम्के जस्तै भएको आरोप समेत लगाए ।

चुनावी सभामा माओवादी केन्द्रका नेता तथा पूर्व उर्जामन्त्री जर्नादन शर्माले लोडसेडिङ अन्तयमा आफूहरुको ठूलो योगदान रहेको समेत बताए ।

कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारणको उपस्थीति रहेको थियो ।

(तस्बिर ःमन्जिल कन्दङ्वा)